Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई तत्काल पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति लिएपछि क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै देउवा दम्पती सर्वोच्च पुगेका थिए। उनीहरूले जिल्ला अदालतलाई पक्राउ अनुमति दिने अधिकार नभएको दाबी गरेका छन्।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार दुवै पक्षको बहसपछि आदेश जारी गरेको हो। लिखित आदेश आउन बाँकी छ।

यसअघि पनि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो। देउवा दम्पती भने हाल विदेशमै रहेको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *