काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संकटग्रस्त सहकारीका साना बचतकर्तालाई १० हजार रुपैयाँसम्मको बचत फिर्ता गर्न सुरु गरेको छ।
समितिका अनुसार २३ सहकारी संकटग्रस्त घोषणा गरिएका छन्, जहाँ करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ अपचलन भएको अनुमान छ। हाल पहिलो चरणमा १० हजार वा सोभन्दा कम बचत भएका खाताबाट रकम फिर्ता भइरहेको छ।
रकम सम्बन्धित सहकारीमा रहेको खाताबाट उपलब्ध भएसम्म भुक्तानी गरिनेछ। रकम अपुग भएमा सरकारको चक्रीय कोष प्रयोग गरिनेछ, जसलाई पछि सहकारीको सम्पत्ति बिक्री तथा ऋण असुलीमार्फत पुनः फिर्ता गरिने व्यवस्था छ।
समितिले ठूला ऋणीहरूको सूची सार्वजनिक गरिसकेको छ र सम्पर्कमा नआउने ऋणीहरूको सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।


