काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा उनी बुधबार अदालत पुगेका थिए। तारिख बुझेर उनी सोही दिन फर्किएका हुन्।
उक्त मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने अर्को तारिख असार ११ गतेका लागि तोकिएको छ।


