Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अब लाइसेन्स छपाइ तीव्र, साउनदेखि २४ घन्टामै पाउने योजना

अब लाइसेन्स छपाइ तीव्र, साउनदेखि २४ घन्टामै पाउने योजना

काठमाडौं, चैत २४ – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र बनाउँदै दैनिक ४० हजार लाइसेन्स छाप्न थालेको छ। यसअघि दैनिक २–२.५ हजार मात्र छापिन्थ्यो।

विभागका अनुसार हाल करिब ३० लाख लाइसेन्स छाप्न बाँकी रहेकाले काम तीव्र पारिएको हो। सुरक्षण मुद्रण केन्द्रसँग १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएकोमा हालसम्म ३ लाख वितरण भइसकेको छ।

सरकारले साउनदेखि राजस्व तिरेको २४ घन्टाभित्रै लाइसेन्स उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि नयाँ सफ्टवेयर र छिटो वितरण प्रणाली विकास गर्ने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *