Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सीमान्तकृत नागरिकको अवस्था बदल्न रास्वपा सचेतकको माग

सीमान्तकृत नागरिकको अवस्था बदल्न रास्वपा सचेतकको माग

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले देशका सीमान्तकृत तथा निमुखा नागरिकको अवस्था बदल्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा उनले गणतन्त्र आए पनि विभेद र गरिबी अझै कायम रहेको भन्दै मधेसका करिब एक लाख मुसहरसहित दलित तथा सीमान्तकृत समुदाय नागरिकताबाट वञ्चित रहेको बताए।

उनले भूमिहीन, अपांगता भएका व्यक्ति, किसान र मजदुरको जीवनस्तर सुधारमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *