काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर विद्युत् पहुँच ९९.१ प्रतिशत पुगेको बताएका छन्।
फागुन २०८२ सम्म कुल ४,१०५ मेगावाट जडित क्षमता पुगेको छ, जसमा ३,७९८ मेगावाट जलविद्युत् रहेको छ। साथै चालु आर्थिक वर्षमा भारततर्फ २,९१८ गिगावाट आवर विद्युत् निर्यात गरिएको उल्लेख छ।


