काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले जेठ १२ गतेको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै प्रतिवेदनका सिफारिस लागू गर्न आग्रह गरेको जनाएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनबारे छानबिन गर्न गठित समितिले यसअघि आयोगसमक्ष प्रतिवेदन बुझाएको थियो।


