Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछाने जेल प्रकरणमा मनिष झा र हरि ढकालमाथि अनुसन्धान सिफारिस

रवि लामिछाने जेल प्रकरणमा मनिष झा र हरि ढकालमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकालिएको घटनामा सांसद मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

जेनजी आन्दोलनका घटनाबारे छानबिन गरेको आयोगको समितिले कारागारबाट अनधिकृत रूपमा बाहिर निकालिएको कार्य कानुनविपरीत भएको निष्कर्ष निकालेको हो।

आयोगले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *