काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भूमिका रहेको भन्दै अभियन्ता रक्षा बम र सिसन बानियाँसहित केही व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले सामाजिक सञ्जालमार्फत दिइएका अभिव्यक्तिले प्रदर्शन अराजक बनेको र आन्दोलन भड्किएको उल्लेख गरेको छ।
अनुसन्धान सिफारिस गरिएका अन्यमा अमनप्रताप अधिकारी, विवेक थपलिया र असिममान बस्नेतसमेत रहेका छन्।


