काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते भएका घटनाहरू अधिकांश आपराधिक प्रकृतिका रहेको निष्कर्ष निकाल्दै दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगका अनुसार संसद् भवनलगायत स्थानमा भएको हिंसात्मक घटनामा ७६ जनाको ज्यान गएको थियो। फिल्डमा खटिएका सुरक्षाकर्मी र उच्च अधिकारीहरूको भूमिकाबारे पनि सूक्ष्म अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।
आयोगले गोली प्रहार गर्ने सुरक्षाकर्मीदेखि कमाण्ड तहका अधिकारीसम्मको जिम्मेवारी निर्धारण गरी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ।


