Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > चलचित्र ‘लालीबजार’ विवाद : सर्वोच्चले विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्‍यो

चलचित्र ‘लालीबजार’ विवाद : सर्वोच्चले विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्‍यो

काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले अन्तरिम आदेश दिने–नदिने विषयमा छलफलका लागि विपक्षीलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको हो ।

नेपालगञ्जकी बसन्ती नेपाली वादीले फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । यसअघि पनि सोही विषयमा रिट दायर भइसकेको थियो, जसमा उच्च अदालत पाटनले आवश्यक कागजात झिकाउने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *