Friday, June 05, 2026
Home > मुख्य समाचार > आज बजेट सार्वजनिक हुँदै

आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

सरकारले बजेटमार्फत आर्थिक सुधार, राष्ट्रिय गौरवका आयोजना अघि बढाउने तथा कमजोर सार्वजनिक संस्थान पुनर्संरचना गर्ने तयारी गरेको जनाएको छ। निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि, कर प्रणाली सुधार र व्यक्तिगत आयकर सीमा बढाउने विषय पनि बजेटमा समेटिन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *