Thursday, June 04, 2026
Home > विराटनगर समाचार > गणतन्त्रलाई थप सुदृढ बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

गणतन्त्रलाई थप सुदृढ बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र संस्थागत बनाउनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उनले जनताको बलिदानबाट आएको परिवर्तनलाई जोगाउन सबै एकजुट हुनुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *