काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर बसेका ६०२ नेपालीको जरिबाना तथा शुल्क मिनाहा गरेको छ ।
थाइल्यान्डस्थित नेपाली दूतावासको पहलमा उक्त निर्णय भएको हो । जरिबाना मिनाहा भएकामध्ये ३०२ नेपाली अझै स्वदेश फर्किन बाँकी रहेका छन् ।
राजदूत धनबहादुर वलीका अनुसार २५० जना फर्कने तयारीमा छन् भने अटेरी गरेर बसेका ५२ जनामाथि नयाँ कानुनअनुसार कडा कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।


