विराटनगर । कोशी अस्पतालले बिरामीलाई सहज सेवा दिन अस्पताल परिसरमै ब्लड बैंक र चस्मा घर सञ्चालनमा ल्याएको छ ।
अस्पतालका अनुसार अब रगत सङ्कलन, परीक्षण र भण्डारणको सेवा छिटो हुने भएको छ । साथै आँखा विभागमा आउने सेवाग्राहीका लागि सहुलियत दरमा चस्मा उपलब्ध गराइनेछ ।
स्वास्थ्य बीमा गरेका बिरामीले एक हजार रुपैयाँसम्मको चस्मा निःशुल्क पाउने अस्पतालले जनाएको छ ।


