Friday, June 05, 2026
Home > Uncategorized > चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो

चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो

महिला एसियन गेम्स क्रिकेट छनोटको तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएलएस पद्धतिअनुसार ५ विकेटले पराजित भएपछि नेपाल छनोट हुन असफल भएको छ।

वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा नेपालले ५० रन बनाएको थियो। त्यसपछि चीनले संशोधित ४३ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्‍यो।

नेपालका लागि कविता कुँवरले अविजित २२ रन बनाइन् भने रिया शर्माले २ विकेट लिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *