Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्युत् पूर्वाधार कमजोर भएकाले तत्काल विद्युतीय चुलोमा पूर्ण रूपान्तरण सम्भव छैन : प्रधानमन्त्री

विद्युत् पूर्वाधार कमजोर भएकाले तत्काल विद्युतीय चुलोमा पूर्ण रूपान्तरण सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह ले देशको वर्तमान विद्युत् पूर्वाधारले तत्काल इन्डक्सन चुलोमार्फत खाना पकाउने पूर्ण प्रणाली धान्न नसक्ने बताएका छन्।

संसद्‌मा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ट्रान्सफर्मर र सबस्टेसनको क्षमता अहिलेको माग अनुसार पर्याप्त नभएकाले तत्काल सबैलाई विद्युतीय चुलोमा लैजाँदा प्रणालीमा समस्या आउन सक्ने स्पष्ट गरे।

उनका अनुसार विद्युत् वितरण प्रणाली अपग्रेड गर्न ठूलो लगानी आवश्यक छ र त्यसका लागि विद्युत्मा लगाइएको करबाट पूर्वाधार विस्तार गर्ने योजना रहेको छ। उनले भ्याटलाई पूर्वाधार सुधारका लागि स्रोतका रूपमा प्रयोग गरिने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *