काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर चलिरहँदा प्रश्न सोध्ने समय सीमित भएपछि सांसदहरूबीच विवाद र तनाव उत्पन्न भएको छ।
प्रश्नोत्तर सकिएको घोषणा सभामुखले गरेपछि केही सांसदहरूले आपत्ति जनाए। सोही क्रममा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित भइन् र स्थिति नियन्त्रण बाहिर गएपछि उनलाई अन्य सांसदहरूले समातेर बाहिर लगे।


