काठमाडौं, जेठ १९ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयमा दुई दिने राष्ट्रिय कार्यशाला बुधबारदेखि आयोजना गर्ने भएको छ।
बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओली ले गर्नेछन्।
कार्यशालामा सदस्यता विस्तार, नवीकरण प्रक्रिया तथा पार्टीको सांगठनिक सुदृढीकरणसम्बन्धी भावी योजनामाथि छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।


