Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से २२ अंकले बढ्यो, ५ अर्ब २६ करोडको कारोबार

नेप्से २२ अंकले बढ्यो, ५ अर्ब २६ करोडको कारोबार

काठमाडौं । सेयर बजार मंगलबार सुधार हुँदै नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। सोमबारको गिरावटपछि बजारमा पुनः सुधार देखिएको हो।

यस दिन १८३ कम्पनीका सेयर मूल्य बढ्दा ७८ कम्पनी घटे भने १० स्थिर रहे। कुल ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

धेरैजसो समूहगत सूचक हरियो देखिए पनि म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह भने घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *