काठमाडौं, जेठ २० — व्यवसायी दीपक भट्ट र जगदम्बा स्टिलका अध्यक्ष शुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्पत्ति शुद्धीकरण विभागका अनुसार आवश्यक प्रमाण संकलन र बयान प्रक्रिया लगभग सम्पन्न भइसकेको छ।
करिब दुई महिनादेखि हिरासतमा रहेका शुलभ अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा ११ दिन उपचारका लागि भर्ना गरिएको थियो। हाल उनी अस्पतालबाट डिस्चार्ज भएर पुनः हिरासतमा रहेका छन्। विभागले अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने जनाएको छ।


