काठमाडौं, जेठ २० — नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर ५ हजार ३७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।


