काठमाडौं, जेठ २० — नेकपा (एमाले)ले काठमाडौंमा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला सुरु गरेको छ।
कार्यशालामा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।


