काठमाडौं, जेठ २० — नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत हालसम्म झन्डै ३ लाख क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरेका छन्। पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि आवेदनसमेत खुला गरेको छ।
यद्यपि, क्रियाशील सदस्यता अद्यावधिकलाई लिएर पार्टीभित्र विवाद कायम छ। शेखर कोइराला र पूर्णबहादुर खड्का पक्षधर नेताहरूले अद्यावधिक अनिवार्य बनाउने व्यवस्थाप्रति असहमति जनाउँदै आफ्नो अडान कायम राखेका छन्। पार्टी नेतृत्व भने निर्धारित समयभित्र प्रक्रिया टुंग्याउने तयारीमा छ।


