काठमाडौं, जेठ २० — सरकारले स्थलमार्गबाट नेपाल प्रवेश गर्दा व्यक्तिगत प्रयोगका लागि ल्याइने सामानमा भन्सार छुटको सीमा बढाएको छ।
नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्म मूल्यका वस्तु ल्याउँदा भन्सार महसुल नलाग्नेछ। यसअघि यस्तो छुटको सीमा १०० रुपैयाँ मात्र रहेको थियो। भन्सार कार्यालयले वस्तुको प्रकृति र औचित्य हेरेर छुट दिने व्यवस्था गरिएको छ।


