काठमाडौं, जेठ २० — प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायिक प्रक्रियामा बिचौलिया प्रभाव, अनुचित पहुँच र अपारदर्शी व्यवहारप्रति शून्य सहनशीलता अपनाउनुपर्ने बताएका छन्।
एक कार्यक्रममा उनले न्यायालयप्रतिको जनविश्वास कायम राख्न स्वच्छ, पारदर्शी र निष्पक्ष न्याय प्रणाली आवश्यक रहेको बताए। साथै, पुराना मुद्दाको छिटो फर्छ्योट, बार–बेञ्च सहकार्य र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।


