काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह ‘डी’को खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।
मलेसियामा भएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा ८ विकेट गुमाएर ६२ रनमै सीमित भयो। नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन्।
यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ११३ रन बनाएको थियो। सीता रानामगरले सर्वाधिक ३७ तथा रुबिना क्षेत्रीले २४ रन जोडिन्।
यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक बटुल्दै समूहको शीर्ष स्थान कायम राखेको छ।


