झापा, जेठ २० — दमकस्थित रतुवा खोलामा बोराभित्र फेला परेकी रमा तिवारीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका युवक मृतकका प्रेमी तथा लागूऔषध प्रयोगकर्ता हुन्। उनी सुधार केन्द्रबाट बाहिरिएलगत्तै घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


