Friday, June 05, 2026
Home > स्थानीय समाचार > अत्यधिक गर्मीका कारण बर्दिबासका विद्यालय दुई दिन बन्द

अत्यधिक गर्मीका कारण बर्दिबासका विद्यालय दुई दिन बन्द

महोत्तरी । बढ्दो गर्मीका कारण बर्दिबास नगरपालिकाले नगरभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै बिहीबार र शुक्रबार सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा बिदा दिएको हो।

पछिल्ला दिनहरूमा तापक्रम ३८ डिग्री सेल्सियस आसपास पुगेपछि जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण केही दिनअघि एक विद्यालयका १० छात्रा कक्षाकोठामै बेहोस भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *