काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
यो खेलको विजेता समूह ‘ए’ को शीर्ष स्थानमा रहनेछ भने पराजित टोली उपविजेता बन्नेछ। दुवै टोलीले यसअघि चीनलाई हराउँदै एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका छन्।
नेपाल र मलेसियाबीच भएका १० टी–२० अन्तर्राष्ट्रिय भेटमा नेपालले ९ खेल जितेको छ।


