राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था चिन्ताजनक बन्दै गएको बताएका छन्। उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको असर सीमावर्ती क्षेत्रमा देखिन थालेको दाबी गर्दै देश अनिश्चितताको दिशातर्फ उन्मुख भएको टिप्पणी गरे।
सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बोल्दै लिङ्देनले केवल नयाँ अनुहार वा युवापनले मात्र देश चलाउन नसकिने भन्दै अनुभव र दूरदृष्टिको आवश्यकता औंल्याए। सरकारका नीतिका कारण महँगी बढ्ने खतरा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय शक्तिहरू एकजुट भएर देशलाई सही मार्गमा लैजानुपर्ने बताएका छन्।


