Thursday, June 04, 2026
Home > खेलकुद समाचार > बजेट निकासापछि गौतम बुद्ध रंगशालाको निर्माण फेरि सुरु

बजेट निकासापछि गौतम बुद्ध रंगशालाको निर्माण फेरि सुरु

चितवन । बजेट अभावका कारण रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु भएको छ।

वाग्मती प्रदेश सरकारले ९ करोड रुपैयाँ निकासा गरेपछि निर्माण कम्पनीले काम अगाडि बढाएको हो। भुक्तानी ढिलाइ भएको भन्दै कम्पनीले करिब एक महिनादेखि निर्माण रोकेको थियो।

हाल रंगशालाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने निर्माण कार्य २०८३ पुस २२ गतेभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *