Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > धवलशमशेरसहित १८३ नेताकार्यकर्ताले राप्रपा त्यागे

धवलशमशेरसहित १८३ नेताकार्यकर्ताले राप्रपा त्यागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धवलशमशेर राणा सहित १८३ नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

उनीहरूले पार्टी नेतृत्वको कार्यशैली, वैचारिक विचलन र महाधिवेशनका निर्णयको बेवास्ताप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताएका छन्।

राणा पक्षले पार्टीको मूल उद्देश्य र निर्णयविपरीत नेतृत्व अघि बढेको आरोप लगाउँदै नेतृत्वप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *