कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका ३८ वर्षीय भेषराज दर्जीको उपचार क्रममा मृत्यु भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले वीर अस्पताल पुर्याएको थियो। चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको थियो।
अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको वीर अस्पतालले जनाएको छ।


