Friday, June 05, 2026
Home > मुख्य समाचार > सम्पर्कबाहिर रहेका कर्मचारीलाई सरकारको चेतावनी

सम्पर्कबाहिर रहेका कर्मचारीलाई सरकारको चेतावनी

काठमाडौं । सरकारले अध्ययन वा असाधारण बिदामा रहेका तथा अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीलाई तीन दिनभित्र विवरण सच्याउन निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका र बिदा सकिएपछि पनि हाजिर नभएका कर्मचारीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, सबै सरकारी निकायलाई यस्ता कर्मचारीको विवरण यकिन गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *