काठमाडौं । एमाले सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले खेतीको मुख्य समयमा पनि रासायनिक मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले मल अभावका कारण किसानहरू समस्यामा परेको उल्लेख गर्दै तत्काल आपूर्ति सुनिश्चित गर्न माग गरे। साथै, सुरक्षित नागरिक आवास कार्यक्रमको बजेट निकासा नहुँदा सर्वसाधारण प्रभावित भएको विषय पनि उठाए।


