Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महाधिवेशन प्रक्रियामा सहकार्य गर्न इतर पक्षलाई महामन्त्री पौडेलको आह्वान

महाधिवेशन प्रक्रियामा सहकार्य गर्न इतर पक्षलाई महामन्त्री पौडेलको आह्वान

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहयोग गर्न संस्थापन इतर पक्षलाई आग्रह गरेका छन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा बोल्दै उनले विशेष अधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशनको तयारी गरिरहेको भन्दै सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन्।

क्रियाशील सदस्यता नवीकरणलगायत प्रक्रियामा सहभागी हुँदै महाधिवेशन सफल बनाउन सहयोग गर्न उनले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *