काठमाडौं । अमेरिकी संघीय पुनरावेदन अदालतले अन्तिम फैसला नआएसम्म डोनाल्ड ट्रम्प प्रशासनलाई आयातित वस्तुमा लगाइएको १० प्रतिशत ट्यारिफ कायम राख्न अनुमति दिएको छ।
यस निर्णयसँगै ट्रम्पको व्यापार नीति तत्कालका लागि यथावत् रहने भएको छ। ट्यारिफको वैधानिकताबारेको विवाद भने अझै अदालतमा विचाराधीन रहेको छ।


