Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > अध्ययन भिसा प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन

अध्ययन भिसा प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन

शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसमा नक्कली कागजात प्रयोग भएको प्रकरणमा कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा बनेको समितिलाई घटनाबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका कागजात नक्कली भेटिएपछि मन्त्रालयले छानबिन अघि बढाएको हो। अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक र कानुनी कारबाही गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *