Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > गण्डकी रास्वपाको नेतृत्व नवीन त्रिपाठीलाई

गण्डकी रास्वपाको नेतृत्व नवीन त्रिपाठीलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।

प्रदेश महामन्त्रीसमेत रहेका त्रिपाठीले २३४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई ५२ मतले पराजित गरे। गौतमले १८२ मत प्राप्त गरेका थिए भने अन्य उम्मेदवार माधव कँडेल र हरिबहादुर कार्कीले क्रमशः ११ र २ मत पाए।

यस जितसँगै त्रिपाठीले गण्डकी प्रदेशमा रास्वपाको नेतृत्व सम्हाल्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *