काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी तथा सार्वजनिक संस्थानहरूलाई सबल बनाउन बजेट मात्र पर्याप्त नहुने बताएका छन्।
उनले विगतमा सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती गर्ने थलोका रूपमा प्रयोग गरिएकाले धेरै संस्था कमजोर बनेको उल्लेख गर्दै अब व्यवस्थापन, उत्तरदायित्व र कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।
मन्त्री तिमिल्सिनाले साहित्य, कला र सांस्कृतिक क्षेत्रलाई पनि पर्याप्त प्राथमिकता दिन नसकिएको स्वीकार गर्दै संस्थागत सुधारका लागि सरकार स्पष्ट योजना सहित अघि बढिरहेको बताए।


