Saturday, June 13, 2026
Home > राष्ट्रिय समाचार > कुलमानको दाबी : उज्यालो नेपाल पार्टी आफ्नै बलमा अघि बढ्छ

कुलमानको दाबी : उज्यालो नेपाल पार्टी आफ्नै बलमा अघि बढ्छ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीप्रति जनविश्वास बढ्दै गएको र विभिन्न दलबाट नेता–कार्यकर्ता प्रवेश गर्ने क्रम तीव्र रहेको बताएका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी कुनै पनि दलमा विलय नहुने स्पष्ट पारे। आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सशक्त उपस्थितिसहित देशको नेतृत्व गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले पछिल्लो चुनावको नतिजाबाट निराश नभएको र पार्टीलाई अझ मजबुत बनाउँदै अघि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *