काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा उच्चस्तरीय भेटवार्ता गर्नेछन्।
भ्रमणका दौरान मन्त्री खनाल बेइजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुने तथा चिनियाँ व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम छ। उनले चीनस्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्। मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने तालिका रहेको छ।


