काठमाडौं — सरकारले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सबै राजनीतिक दलको सहभागितामा कार्यदल बन्नेछ। कार्यदलको नेतृत्व प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आशिफ शाहले गर्नेछन्।
राष्ट्रिय सहमतिमा संशोधन प्रस्ताव तयार गर्ने सरकारको लक्ष्य रहेको छ।


