काठमाडौं । कारोबार हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ। सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ८९५ रुपैयाँ कायम भएको छ।


