काठमाडौं । मनसुन नेपाल भित्रिन ढिलाइ हुँदा र वर्षा कम भएपछि देशका विभिन्न क्षेत्रमा गर्मी फेरि बढ्न थालेको छ।
मौसमविद्का अनुसार आगामी दुई दिन लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। मनसुनी वायु सीमा नजिक पुगे पनि आवश्यक मापदण्ड पूरा नभएकाले मनसुन भित्रिएको औपचारिक घोषणा हुन बाँकी छ।


