काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले आज असार १ गते बजेट प्रस्तुत गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार प्रदेशहरूले आजै वार्षिक आयव्यय विवरण सार्वजनिक गर्न लागेका हुन्।
कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णालीले ३ बजे, कोशी, बागमती र गण्डकीले ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिमले साँझ ५ बजे बजेट प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रम पारित भइसकेपछि बजेट पेश गर्ने प्रक्रिया अघि बढाइएको हो।


