Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > कोशी प्रदेशको बजेट ४० अर्ब हाराहारी पुग्ने अनुमान

कोशी प्रदेशको बजेट ४० अर्ब हाराहारी पुग्ने अनुमान

विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ। प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नेछ, जहाँ आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेप ले बजेट पेश गर्नेछन्।

मन्त्रालय स्रोतका अनुसार यस वर्ष बजेटको आकार करिब ४० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन चालु वर्षको संशोधित बजेटभन्दा बढी हो। संघीय अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानीको आधारमा बजेटको आकार बढाइएको बताइएको छ। साथै, सांसद विकास कार्यक्रम र नयाँ बहुवर्षीय आयोजनामा पनि बजेट विस्तार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *