Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > बुद्ध एयरको जनकपुर उडान ल्यान्डिङ गियर समस्या भएपछि काठमाडौंमै सुरक्षित अवतरण

बुद्ध एयरको जनकपुर उडान ल्यान्डिङ गियर समस्या भएपछि काठमाडौंमै सुरक्षित अवतरण

काठमाडौंबाट जनकपुरका लागि बिहान ७:०५ बजे उडेको बुद्ध एयरको जहाजमा ल्यान्डिङ गियरसम्बन्धी प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

विमानस्थलका प्रवक्ताका अनुसार सबै यात्रु र चालक दल सुरक्षित छन्। जहाजको प्राविधिक जाँच भइरहेको छ भने प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था मिलाइने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *