Monday, June 15, 2026
Home > राष्ट्रिय समाचार > सांसद थेबेको टिप्पणी– बजेटमा युवा रोजगारीको स्पष्ट योजना छैन

सांसद थेबेको टिप्पणी– बजेटमा युवा रोजगारीको स्पष्ट योजना छैन

काठमाडौं । एमाले सांसद क्षितिज थेबेले बजेटमा युवाका लागि रोजगारी सिर्जना गर्ने ठोस योजना नदेखिएको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले युवाहरूले रोजगारका अवसर बढ्ने अपेक्षा गरे पनि बजेटमा त्यसको स्पष्ट आधार नभेटिएको बताए। साथै, ताप्लेजुङको अलैँची उत्पादन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजार पहुँच, समर्थन मूल्य र कृषि बिमाको व्यवस्था गर्न सरकारसँग माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *